संक्षिप्त परिचय
नेपाल राज्यको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला एक उच्च सम्भावना भएको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला सुदूर उक्त पश्चिममा पर्दछ । देशको उत्तरी विन्दु यारी नाका पनि यही पर्दछ । सन् १३९३ मा मेदिनी बर्मा जुम्लाका शासक भए पछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्नो जुवाई बलिराज शाहको कालमा वि.स. १८४६ मा जुम्लालाई खोर्खाली फौजले विजय गरे पश्चात पनि जुम्ला शासित रहेको थियो । भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दबाउनको साथै तिब्बतको खोचेर सम्मको भूभागलाई नेपालको प्रशासकीय क्षेत्रको रुपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोट उत्तर पश्चिममा अत्यधिक रुपमा बसेका नेपालीहरुको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अन्य भागहरु नेपालमा थिए भन्ने स्पष्ट हुन्छ । वि.स. २०१८ सालमा भएको नेपाल अधिराज्यको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रुपमा स्थापित हुन पग्यो । यस जिल्लाको नामकरण एउटा रोचक प्रसङ्ग रहेको छ । अनगिन्ति हिमश्रृङ्खलाहरुले भरिएको यो जिल्लाको नामकरण पनि यसैको सेरोफेरोमा आधारित रहेको छ । एक थिरीको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाईएको हुँदा यी होम लगाएको अर्थात होम+ला बाट अपभ्रंश हुँदै हुम्ला भएको भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरु यही बाटो भएर ल्हा भञ्जाङ्ग काटेर तिब्बत क्षेत्रमा प्रवेश गरेका कारणले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।

