नेपालको संविधान २०७२ अनुसार राज्य शक्तिको प्रयोग तीन तहको सरकारले गर्ने व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय सुर्खेतको मातहतमा रहेने गरी प्रदेश सरकारको (माननीय मन्त्रीस्तरीय) मिति २०७५/०६/०५ को निर्णय अनुसार कर्णाली प्रदेशका ९ वटा जिल्लामा सामाजिक विकास कार्यालय र सुर्खेतको हकमा शिक्षा विकास निर्देशनालयले सामाजिक विकास कार्यालयको समेत कार्य जिम्मेवारी वहन गर्ने गरी १० वटै जिल्लामा कार्यालयहरु स्थापना भएका हुन् ।

मिति २०७६।०६।०८ गते कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम र बजेट मध्ये शिक्षा, महिला तथा वालवालिका, समाज कल्याण, युवा तथा खेलकूद लगायतका कार्यक्रम सम्बन्धी बजेट कार्यान्वयन गर्ने व्यवस्थाको लागि सामाजिक विकास कार्यालय¸ हुम्लाको स्थापना गरिएको हो । प्रदेश सरकार¸ सामाजिक विकास मन्त्रालयबाट प्रवाहित सेवालाई जिल्लास्तरमा कार्यान्वयन गर्न सहजता प्रदान गर्नुका साथै सम्बन्धित सबै निकायबाट एकरुपताका साथ जनताले सरल रुपमा सेवा पाउने अपेक्षाका साथ यस कार्यालयको स्थापना गरिएको हो ।